शिक्षा ज्ञानको ज्योति, समाजको ऐना, समाज रुपान्तरणको आधार हो । समाजको त्यो अपेक्षा पूरा गर्न देशव्यापी शैक्षिक जागरण मार्फत चेतनाको एउटा स्तर ग्रहण गर्न सिंगै राष्ट्र सफल भएको छ । फेरी पनि थुप्रै नेपाली जनताका छोरा–छोरी पढ्नबाट वञ्चित भएका छन् । पढेकाहरु उत्पादन र श्रमलाई प्राथमिकता दिने र वैज्ञानिक सूचना प्रविधिलाई ग्रहण गर्न सक्नेगुणस्तरीय शिाक्षको अभाव देखिएको छ । निजी क्षेत्र मार्फत केही राम्रो शैक्षिक व्यवस्थापन गरिए पनि पैसा नहुनेहरुका लागि त्यो ग्राहृय छैन । सरकारी विद्यालयले आफूलाई समयानुकुल रुपान्तरण गर्न नसक्दा नतिजा सन्तोषजनक छैन । यही बीचमा व्यक्तिले मुनाफा नलिई श्रम र उत्पादनलाई प्राथमिकता दिने वैज्ञानिक सूचना प्रविधिलाई ग्रहण गर्नसक्ने व्यावस्थापन सहित सर्वसुलभ ढंगले गुण्स्तरीय शिक्षा दिने उद्देश्यका साथ बघौडा–९, नयाँ पिपरिया, चितवनमा विद्यालय सञ्चालन गर्ने आवश्यकता महसुस गरी सार्वजनिक शैक्षिक गुठीमार्फत कार्य गर्न खोजिएको छ ।

चितवन नेपालकै विकसित जिल्ला भए पनि माडी क्षेत्र विजुली, यातायातको अभावमा भौतिक विकासमा पछाडी परेको मानिन्छ । तर राम्रो कृषि उत्पादन, सुन्दर प्राकृतिक वातावरण, दक्षिणतर्फ सोमेश्वर चुरे श्रृंखला भारतसँग जोडिएको छ । उत्तरतर्फ चुरेको पहाडमा चितवन राष्टिय निकुञ्ज, पूर्व र पश्चिम पनि चुरे र जंगलले घेरिएको रमणिय उपत्यका हो माडी क्षेत्र । चारवटा गा.वि.स. रहेको माडी क्षेत्रमा राजनीतिक, सामाजिक चेतना धेरै राम्रो रहेको छ । माडीको मध्य भाग बघौडा गा.वि.स.को वडा नं. ९ मा रहेर त्यस क्षेत्रको शैक्षिक, सामाजिक भौतिक पूर्वाधार र देशको राजनीतिक सामाजिक रुपान्तरणमा महत्वपूण भूमिका निर्वाह गर्ने क्रममा २०६० सालमा निधन हुनुभएका सम्मानीय व्यक्तित्व दिवाकर भुसालको स्मृतिमा विद्यालय खोल्ने निष्कर्ष सहित सोमेश्वर सार्वजनिक गुठी अन्र्तरगत दिवाकर स्मृति विद्यालय खोल्ने निर्णयका साथ प्रकृया अगाडि बढेको हो ।

हाल पूर्व प्राथमिक देखि कक्षा ८ सम्म संचालन गर्दै क्रमशः मा.वि. हँुदै उच्च शिक्षा संचालन गर्ने लक्ष्य सहित कम्प्युटर र इन्टरनेट प्रविधि सहितको शिक्षा प्रदान गर्न सोलार शक्तिको प्रयोग भएको छ।पिछडिएका जाति, भाषा, क्षेत्रका जनसमुदायका विद्यार्थीलाई समेट्न त्यस क्षेत्रको कृषि उत्पादन, पर्यटकीय क्षेत्र जस्ता विषयलाई पाठ्यक्रमको अभिन्न अंग बनाउने सामाजिक रुपान्तरणका महत्वपूर्ण घट्ना, पात्र र प्रवृत्ति बारे जानकारी गराउने स्थानीय माडी बासी जनताहरुको सस्तो र गुणस्तरीय शिक्षाको माग भइरहेको छ। अन्य केन्द्रहरु जस्तै शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको यस बघौडा गा.वि.स.मा थप गुणस्तरीय शैक्षिक सस्थाको वस्तुगत रुपमै आवश्यकता भएको छ। जनसंख्याको केद्रिकरण तीव्र गतिमा वढिरहेको चेतनाले माग गरे अनुसारको वैकल्पिक शैक्षिक केन्द्रको आवश्यकता परेको देखिन्छ। स्थानिय जनसमुदायको यहि आवाजलाई सम्वोधन गर्न सोमेश्वर सार्वजनिक शैक्षिक गुठी मार्फत दिवाकर स्मृति विद्यालयको स्थापना गर्न थालिएको हो।यसका लागि दर्ता प्रकृया र भौतिक पूर्वाधारको तयारी पूरा भएको छ।
–ओबनाथ पाण्डे, अध्यक्ष, सोमेश्वर सार्वजनिक शैक्षिक गुठी, बघौड– ९,माडी, चितवन